विकिरणभन्दा खतरनाक मोटोपन र धुमपान


विकिरण, जुन शब्दले पनि भय पैदा गर्छ । यो शब्द सुन्नासाथ क्यान्सर रोगीमा हिरोसिमा-नागासाकीमा परमाणु बमद्वारा गराइएको विध्वंशको सम्झना आउँछ ।

अहिले औषधी, एक्सरे, परमाणु उद्योग र सेनाले प्रयोग गर्ने गोलाबारुदले विकिरणको दायरा बढाएका छन् ।

तर, केही यस्ता चिज पनि छन्, जो विकिरणभन्दा हानिकारक छन् । ती हुन्, मोटोपन, धुम्रपान र वायु प्रदूषण।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनअनुसार सय व्यक्ति जीवनकालमा सय एमएसवी -लिसिवर्ट- विकिरण मापक)को सम्पर्कमा आउँदा तीमध्येका एक व्यक्तिमा क्यान्सरको जोखिम रहन्छ ।

तीमध्येका ४२ व्यक्ति भने मोटोपन, धुम्रपान, वायु प्रदुषणका कारण क्यान्सरको शिकार बन्छन् ।

प्रोसिडिंग्स अफ रोयल सोसाइटी जर्नलमा प्रकाशित शोधका अनुसार विकिरणको स्तर सय एमएसबी यसकारण राखिन्छ, त्यो विकिरण धेरै कम डोजको हुन्छ । सीटी स्क्यानको एक पूरै चक्करका क्रममा व्यक्ति १० एमएसबी विकिरणको सम्पर्कमा आउँछन् ।

बेलायतमा पर्यावरणका कारण हरेक व्यक्ति बर्सेनि दुई दशमलव तीन एमएमबी विकिरणको सम्पर्कमा आउँछ ।

अक्सफोर्ड विश्वबिद्यालयका प्राध्यापक एन्जेला म्यक्लिनका अनुसार परमाणु बम, औषधिको असर, परमाणु उद्योगको कारण हुने निम्नस्तरीय विकिरणका कारण मानव स्वास्थ्यमा प्रभाव पर्छ । उच्च विकिरणको सम्पर्कमा आएपछि केही प्रकारका क्यान्सर हुने जोखिम सुरु हुन्छ ।

कसरी नियन्त्रण गर्ने मोटोपन

सन्तुलित खानपान र जीवनशैली एक प्राकृतिक विकल्प हो, जसले मोटोपन एवं तौल नियन्त्रण गर्न सकिन्छ ।

– कतिपयले मोटोपन वा तौल नियन्त्रणका लागि खानपान कटौती र फास्टिङ गर्छन् । तर, त्यसबाट शरीरमा आवश्यक पोषणको कमी हुन्छ । त्यसैले तौल घटाउनका लागि खानपानमा कटौती होइन, स्वस्थ र सन्तुलित खानेकुरामा जोड दिनुपर्छ । पानी प्रशस्त पिउनु पर्छ । यसले स्वतः तौल नियन्त्रणमा सहयोग पुग्छ ।

– निष्क्रिय दिनचर्या मोटोपन एवं तौल बढ्ने कारण हुन् । एकै स्थानमा लामो समय बस्ने । सुत्ने, उठ्ने अनियमित तालिका । राति अबेरसम्म बस्ने बानी । यी सबैले हो, मोटोपन बढाउने ।

तौल एवं मोटोपन नियन्त्रणका लागि सक्रिय दिनचर्या आवश्यक हुन्छ ।

कसरी छाड्ने धुमपान ?

एक भनाइ छ, ‘जब तपाईं एक चुरोट जलाउनु हुन्छ, त्यससँगै आफ्नो जीवन पनि जलाउनुहुन्छ ।’ यस कथनमा एकदमै तथ्य छ, किनभने धुम्रपान मानव जीवनका लागि घातक मानिन्छ ।

धुम्रपानले शरीरलाई निकोटिनसँग जोड्छ, जो एकदमै हानिकारक हुन्छ । धुम्रपान गर्नयोग्य तम्बाकुमा पाइने मुख्य पदार्थ निकोटिन हो ।

चुरोट छाड्दा के हुन्छ ?

धुम्रपान छाड्ने प्रयास गर्दा केही लक्षण देखापर्छन् । तौल घट्ने, शरीर सुन्निने, कब्जियत, भोकमा उतारचढाव, थकान, डिप्रेसन आदि । यही कारण कतिलाई चुरोट छाड्न निकै गाह्रो लाग्छ ।

यसले गर्छ धुमपान छाड्न सहयोग

चुरोट छाड्नका लागि निकोटिन गम र व्यवहार थेरापी । तर, त्यसका लागि मुल कुरा प्रतिबद्ध मन नै हो ।

चुरोट त्याग्न स्वयं प्रतिबद्ध हुनुपर्छ । चुरोट तान्ने हरेकलाई थाहा छ, यो हानिकारक छ । चुरोटले निम्त्याउने भयावह अवस्थालाई गम्भीरतापूर्वक मनन गरेर क्रमशः यसको संख्या/मात्रा घटाउँदै लान सकिन्छ ।

प्रतिकृया दिनुहोस्

Loading...