औपचारिक रुपमा एमाले बनेका सिलवाललाई जेल हाल्ने प्रहरीको तयारी

  • काठमाडौं ।
शुक्रबार औपरचिक रुपमा एमाले बनिसकेका पूर्व डिआइजी नवराज सिलवाललाई प्रहरीले जेल हाल्ने तयारी थालेको छ ।

आफ्नो पदबाट राजिनामा दिएका सिलवाल राजिनामा स्वीकृत नहुँदै एमाले प्रवेश गरेपछि हेडक्वाटरले जेल हाल्ने तयारी थालेको बताइएको छ ।

प्रहरी महानिरिक्षक नियुक्तीमा अनियमितता र अन्याय भएको भन्दै दिइएको मुद्धा सर्बोच्च अदालतले खारेज गरी दिएपछि डिआइजी पदबाट राजिनामा दिन पुगेका नवराज सिलवाल राजीनामा स्विकृत नहुँदै नेकपा एमाले प्रवेश गरेका छन् ।

यसरी डिआइजी पदमा बहाल रहँदै पार्टी प्रवेश गरेपछि गृह प्रशासन र प्रहरी प्रधान कार्यालय गम्भीर बनेको छ । अब सिलवाललाई कसरी कारबाही गर्न सकिन्छ भन्ने बिषयलाई लिएर प्रहरी प्रधान कार्यालयले कानूनी परामर्श शुरु गरेको छ ।

उनलाई कीर्ते गरेको मुद्दा पनि अघि बढाउने तयारी हेडक्वार्टरले गरेको छ । यसो हुँदा दोषी ठहरिए उनी जेल पर्न सक्छन् । प्रधान कार्यालयको एक सूत्रले भन्यो, “कसैले कुनै पार्टी प्रवेश गर्देमा कानुनी कारबाहीबाट बच्न सक्दैन् ।”

,

प्रतिकृया दिनुहोस्

Loading...