उच्च अदालतका ८० न्यायाधीश नियुक्ति प्रक्रियाको सुनुवाई आज

  • काठमाडौं । 
उच्च अदालतका ८० न्यायाधीश नियुक्ति प्रक्रियाका सम्बन्धमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।

९ महिनाअघि तत्कालिन न्याय परिषदका बहुमत सदस्यले दुई सदस्यलाई झुक्काएर नियुक्त गरिएको भन्दै परेको मुद्धामा सुनुवाइ हुन लागेको हो ।

अधिवक्ता तोयानाथ ढुंगाना र सरकारी वकिलका तर्फबाट नायब महान्याधिवक्ता दर्गाबन्धु पोखरेलद्वारा दायर दुवै मुद्दा सर्वोच्च प्रशासनबाट आजको साप्ताहिक पेसी सूचीमा तोकिएको छ ।

नियुक्ति प्रकृयामा भएको त्रुटि सम्बन्धमा सर्वोच्च अदालतले परीक्षण गरिरहेको छ । नियुक्ति तत्कालिन प्रधानन्यायधीश सुशीला कार्कीको पहलमा भएको थियो । 

प्रक्रिया नपुर्याइ नियुक्ति गरिएको भन्दै प्रधानन्यायधीश गोपाल पराजुलीले समेत सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...