अनसनरत डा. गोविन्द केसीको ज्यान खतरामा, स्वास्थ्य अवस्था झन् बिग्रिदै

  • काठमाडौं ।

प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दैनिक बिग्रदै गएको छ । उनको बिग्रिदो स्वास्थ्य अबस्थाका कारण रेखदेखमा संलग्न डाक्टरहरु चिन्तिक भएका छन्। पटकपटक अनसन बसेर कमजोर बनेका केसीले पछिल्लो अनसन सुरु गरेको आठ दिन पुगेको छ ।

सरकारले माथेमा कार्यदलको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिवद्धता जनाए पनि केसीको स्वास्थय अवस्थाबारे सरकार अनविज्ञ जस्तै देखिएको छ

आठदिनदेखि अनसनरत केसीका माग बारे वार्ता गर्न गठिन सरकारी वार्ता टोलीले माथेमा कार्यदलको भावना अनुसार नै चिकित्सा विधेयक आउने भन्दै केसीलाई अनसन तोड्न आग्रह गरेको छ ।

संसदमा नेकपा एमालेले विधेयकमा विरोध नजनाए आज नै डा. केसीको माग बमोजिम विधेयक पास हुनेछ । यता एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले माथेमा कार्यदलका सबै बुँदा पालना गरेर विधेयक पारित गर्न नसकिने अडान राख्दै संसद अवरुद्ध हुने संकेत गरिसकेका छन् ।

माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन बन्नुपर्ने, काठमाडौं विश्वविद्यालयले आफूखुसी तोकेको शुल्क सीमा फिर्ता हुनुपर्नेलगायत माग राख्दै केसी अनशनमा बसेका हुन् । गएको बिहिबारदेखि १३ औं पटक अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

केसीका माग बारे वार्ता गर्न सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव नगेन्द्रप्रसाद उपाध्याय संयोजक र शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्ली रिमाल र स्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य रहेको वार्ता टोली गठन भएको थियो ।

डाक्टर केसीका तर्फबाट डाक्टर वाइपी सिंह, डाक्टर जीवन क्षेत्री र डाक्टर अभिषेक सिंह सम्मिलित टोली गठन भएको छ । केसीको स्वास्थय अवस्था भने कमजोर भन्दा कमजोर बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

.

, , ,

प्रतिकृया दिनुहोस्

Loading...