गाउपालिका अध्यक्षकै घरमा जुवाको अखडा, समातिए ९ जुवाडे

  • तुलसीपुर ।
शान्तिनगर गाउपालिका दाङका अध्यक्षकै घरमा जुवा खेल्ने अखडा भेटिएको छ । प्रहरीले छापा मार्दा शान्तीनगर गाउपालीकाका अध्यक्ष कमानसिँङ डागीको घरमा जुवा खेलिरहेको रहस्य खुलेको हो ।

अध्यक्षको घरमा लामो समयदेखि जुवा खेल्ने अखडा रहेको सुचनाका आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अबस्थामा ९ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राकेश डागी,गोविन्द बस्नेत, हर्क बहादुर विष्ट, मिन बहादुर खड्का, विर बहादुर विष्ट, राम चौधरी, रत्न बहादुर विष्ट,कर्ण बहादुर परियार र डिल्ली बहादुर वली रहेका छन्।

उनिहरुको साथबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैया बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि राजेन्द्र प्रसाद अर्यालले जानकारी दिए ।

पक्राउ गरिएका सबै जुवाडेलाई जुवा ऐन अनुसार कारवाही गरीने प्रहरीले जनाएको छ । गाँउपालीका अध्यक्ष डाँगी असार १४ भएको स्थानीय तहको चुनावमा काग्रेसबाट निर्वाचित भएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...