क्रान्तिकारी माओवादीको सम्मेलन सकिदै, विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने निर्णय

  • आश बहादुर तमु, पोखरा।
पाँचदिनदेखी पोखरामा जारी क्रान्तिकारी (माअाेवादी)काे राष्ट्रिय सम्मेलन आज सकिदै छ । सम्मेलनमा अध्यक्ष मोहन बैद्य किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ।

त्यसैगरी लामो समयको बहसपछी पनि पार्टीको नाम क्रान्तिकारी माअाेवादी नै राख्ने निर्णय सम्मेलनले गरेको छ। बहुपदीय प्रणालीमा रहेको उक्त पार्टीको संरचना महासचिव प्रणालीमा जाने समेत निर्णय गरेको एक प्रतिनिधिले बताएका छन् ।

यसति सम्मेलनले विचार नीति र सिद्धान्त मिल्नेहरूसँग पार्टी एकीकरणकाे पहल गर्ने र अाजै माेहन बैद्यकाे नेत्रित्वमा नयाँ केन्द्रीय समिती चयन हुने बताइएको छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...