राष्ट्रपतिद्वारा भक्तपुर नवदुर्गाको पुजा तथा प्रसाद ग्रहण

  • असोज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अन्तिम दिन आज भक्तपुरमा अवस्थित नवदुर्गा भवानी मन्दिरमा पूजाअर्चना र दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारी विशेष सुरक्षाका साथ भक्तपुरमा रहेको नवदुर्गा मन्दिरमा पुगेर पुजा आराधना गरेकी हुन् ।

उनले १० मिनेटभन्दा बढी समय मन्दिरमा विताएकी थिइन् । हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा मन्दिरमा राष्ट्रप्रमुखले पूजा अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

मन्दिर आइपुगेका राष्ट्रपतिलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए ।

नवदुर्गा मन्दिरका मूल पुजारी जुलाल कर्माचार्यले राष्ट्रपति भण्डारीलाई नवदुर्गाको पुजा एवं टीका प्रसाद प्रदान गरी स्वागत गरेका थिए ।

आर्थिक अभाबका कारण मन्दिरको पूजाअर्चना रोकिने अवस्था बारे हरेक राष्ट्रप्रमुखहरुलाई अवगत गराएता पनि कसैले वास्था नगरेको नवदुर्गा गणका सदस्यहरुले गुनासो गरे ।

हरेक वर्ष झै यो वर्ष पनि मन्दिरको आर्थिक अवस्थाबारे मन्दिरका पुजारीले राष्ट्रपतिलाई गुनासो पोखेका थिए।

,

प्रतिकृया दिनुहोस्

Loading...