नयाँ परिस्थितबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

  • काठमाडौं ।
सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेसले नयाँ राजनीतिक परिस्थितबारे छलफल गर्न पार्टी केन्द्री समितिकै बैठक बोलाएको छ ।

दुई दिनसम्म बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समितिकै बैठक बोलाउने निर्णय गरेको हो ।

मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न शुक्रबार पार्टी केन्द्रिय कार्य समिति बैठक बोलाएको छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा चुनावी तालमेल गर्ने र पार्टी एकीकरण गर्ने सहमति गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न काँग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको हो ।

विहीबार सम्पन्न पार्टी केन्द्रिय कार्य सम्पादन समिति बैठकले ६ दलबीच लोकतान्त्रिक गठबन्धन बनाउन गरेको सहमतिलाई पनि केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने निर्णय गरिएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...