आयुक्तलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति

  • काठमाडौ।
चौतर्फी आलोचना भए पनि अर्थ मन्त्रालयले निर्वाचन आयोगको प्रमुखसहित सबै पाँच आयुक्तका लागि गाडी किन्ँन ११ करोड २० लाख रुपैयाँ बजेट दिने सहमति दिएको छ ।

आयोगले सबै आयुक्तका लागि एसयुभी स्पोर्टस युटिलिटी भेहिकल गाडी खरिद गर्ने तयारी गरेको छ । यस्ता गाडी विलासी वर्गका हुन् । आयोगले स्थानीय तहको निर्वाचनको मौका छोपेर नयाँ गाडी खरिद गर्न सरकारलाई दबाब दिएको थियो ।

त्यसअनुसार चालु आवको बजेटमा आयोगलाई गाडी किन्न रकम विनियोजन गरिएको थियो । आयोगले दशैंअघि नयाँ गाडी किन्न अर्थसँग ११ करोड ६० लाख रुपैयाँ बजेट खर्च गर्न सहमति मागेको थियो ।

त्यसअनुसार अर्थले आयोगलाई ११ करोड २० लाख रुपैयाँ गाडी खरिद गर्न सहमति दिएको हो । निर्वाचन आयोगले स्थानीय तहको चुनावको मौका छोपेर सरकालाई दबाब दिँदै सुरुमा बिनाटेन्डर नयाँ सवारी साधना खरिद गर्न खोजेको थियो । नागरिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...