नयाँ शक्ति नेपाल पर्वतद्वारा उम्मेदवार तय

  • पर्बत ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ शक्ति पार्टीले उम्मेदवार टुंगो लगाएको छ । नयाँ शक्तिको शुक्रबार सम्पन्न बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरेको हो ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षमा महाशिला गाउँपालिकाकी कमला गुरुङ र मोदी–२का यामबहादुर चोचाङ्गी तथा कुश्मा नगरपालिका–११ का सुनिल पौडेललाई छनोट गरेको छ भने समानुपातिकतर्फ मोदी–६ का देवीकुमारी क्षेत्रीलाई सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र ‘क’ बाट प्रत्यक्षतर्फ कुश्मा नगरपालिका–१२ का विनोद सुवेदी र मोदी गाउँपालिका–६ का महेन्द्रजंग लामिछाने तथा समानुपातिकमा मोदी–६ कै रामकुमारी तामाङलाई छनोट गरिएको छ ।

त्यस्तै क्षेत्र ‘ख’ बाट फलेवास नगरपालिका–२ का ओमबहादुर भण्डारी र फलेवास–८ का नीलकुमार रिजाललाई छनोट गरिएको छ भने क्षेत्र ‘ख’ बाट सामानुपातिकमा फलेवास–२ की कमला सापकोटालाई छनोट गरिएको नयाँ शक्तिका संयोजक महेन्द्रजंग लामिछानेले जानकारी दिए।

,

प्रतिकृया दिनुहोस्

Loading...