वरिष्ठ नेता खनाल र नेम्वाङ इलामबाट सर्वसम्मत सिफारिस

  • इलाम ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको हो । “खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति भएकाले बैठकले सर्वसम्मत रूपमा उनिहरूको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो”, एमाले जिल्ला कमिटी अध्यक्ष राम रानाले बताए ।

पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र नं १ र नेम्वाङ २ का सांसद छन् । जिल्लाका दलहरू अहिले निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा शहरदेखि गाउँसम्म छलफलमा जुटेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...