वैद्य र ऋषि कट्टेलको पार्टीसँग एकता गर्ने नेकपाको निर्णय

  • काठमाडौँ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैद्य र ऋषि कट्टेलका दुवै पार्टीसंग एकता गर्ने निर्णय गरेकोछ । नेपालका क्रान्तिकारीहरुबीच धुर्विकरण परिहार्य भएको निष्कर्षनिकाल्दै नेकपाले ऋषि कट्टेल नेतृत्वको नेकपा र बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसंग पार्टी एकता गर्ने निर्णय गरेको हो ।

कास्कीको लुम्लेमा सम्पन्न पार्टीको पाँचौं पूर्ण बैठकले उक्त निष्कर्ष निकालेको छ । एमाले-माओवादी केन्द्रको एकतालाई दक्षिणपन्थी अबसरवादीहरुको जमघट भएको समेत ठहर गरेको छ ।

त्यस्तै नेकपाले माओवादी केन्द्र र एमाले भित्रका सच्चा क्रान्तिकारीहरुका बीचमा पनि ध्रुवीकरण गर्ने निर्णय गरेको छ । कास्कीको लुम्लेमा ३ दिनसम्म बसेको बैठकले आगामी राजनीतिक कार्यदिशा तय गर्नुका साथै केही कारबाहीको निशाना समेत तय गरेको छ । 

नेपालका भ्रष्ट र घुसखोर कर्मचारी, उद्योगी, ब्यापारीहरुको लिस्ट नै बनाएर कारबाही गर्ने निर्णय पनि नेकपाले गरेको छ । 

यसैगरी नेकपाले कात्तिक ७ गते अर्थात् अक्टोबर क्रान्तिको शतवार्षिकी काठमाडौँमा विशाल जनप्रदर्शन र सभासहित सम्पन्न गर्ने निर्णय गरेकाे छ । उक्त सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने बताइएकाे छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...