गौचन हत्या प्रकरणबारे विप्लवको यस्तो धारणा, हेर्नुहोस् (विज्ञप्तिसहित)
![](https://4.bp.blogspot.com/-DujLHdmPx_Y/Wd3adX4cqyI/AAAAAAAAXLQ/q3kZOzHfXhUlyZrb5GkjvoUHHXM7dNA-gCLcBGAs/s1600/netra%2Bbikram%2Bchand.jpg)
- काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महासचिव विप्लवले राज्यको जिम्मा लिएका व्यक्तिहरुकै कारण गौचनको हत्या भएको बताएका छन् । ‘राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टाचार र राष्ट्रघातमा लिप्त भएका कारण नागरिकहरुले यसैगरी दुःखद घटना व्यहोर्नुपरेको उनले बताएका छन् ।
बुधवार एक विज्ञप्ती जारी गर्दैै महासचिव विप्लवले गौचनको हत्याको घटनाप्रति दुःख व्यक्त गर्दै सो काण्डका अपराधीहरूलाई कार्यवाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।
विज्ञप्तीमा उनले राज्यशक्ति हातमा लिएका व्यक्तिहरुले जनतामाथि दमन गर्ने र जनताको जीवनप्रति खेलवाड गर्ने अनि आफ्नो भ्रष्टाचारी धन्दा चलाउनतिर लिप्त भएको दावी गरेका छन् । सोही कारण जिम्मेबार नागरिकहरूले यसरी ज्यान गुमाउनुपरेको उनको भनाइ छ ।
महासचिव विप्लवले राज्यमा नागरिकको सुरक्षाको अवस्था भयावह रहेको बताएका छन् । राजधानीमा दिउसै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याले त्यसको पुष्टि गरेको उनले बताएका छन् ।
साथै महासचिव विप्लवले विज्ञप्तीमा एक अर्को घटना उल्लेख गर्दै त्यसप्रति आपत्ती जनाएका छन् । काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलामा रहेको क्यासिनोका मालिकले पार्टीका प्रवक्ता प्रकाण्ड विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गरेको भन्दै उनले त्यसप्रति आपत्ती जनाएका हुन् ।
पार्टीका विरुद्ध केही मान्छेहरु विभिन्न षड्यन्त्रमा लागेको बताउँदै उनले त्यस्ता षड्यन्त्रलाई खारेज गर्ने जनाएका छन् । विज्ञप्तीमा भनिएको छ, “साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले हाम्रो पार्टी र पार्टीका प्रवक्ता कमरेड प्रकाण्डसँग भेट्न नमानेपछि क्यासिनोमा बम राखिदिएको बताउँदै ज्यान सुरक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगमा आवेदन दिएको समाचारले हामीलाई गम्भीर बनाएको छ ।
केही समय देखि हाम्रो पार्टी विरुद्ध अनेकौं षड्यन्त्र भएको स्थितिमा मजदूर मारा क्यासिनो मालिकले पार्टी प्रवक्ताको नाम जोड्नु गम्भीर षड्यन्त्र रहेको स्पष्ट गर्दै उक्त प्रचारको पनि हामी खारेज गर्न चाहन्छौं ।”
प्रतिकृया दिनुहोस्
Loading...