कतारमा यसकारण गुम्यो १३ सय नेपालीको रोजगारी गुम्यो

  • काठमाडौं ।

कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी भएका कारण करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । 

कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाईटेड कम्पनीमा नेपालीसहित फिलिफिन्स, बंगलादेश, श्रीलंका, र अफ्रिकी देशमा नागरिक कार्यरत छन् । 

कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र भिसा नवीकरण गरेको छैन । 

पीडितहरुले तलवसहित स्वदेश पठाईदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

२०७४ असोज ३० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...