यति धेरै चर्चामा किन छ विराट-अनुष्काको यो तस्बिर ?

  • एजेन्सी ।
विराट कोहली र उनकी प्रेमिका अनुष्का शर्माको एक तस्बिरले यतिबेला चर्चा पाएको छ । उक्त तस्बिरमा दुवै एकअर्काको नजिक र निकै खुशी मुडमा देखिएका छन् । तस्बिरमा विराट र अनुष्का ट्रेडिशनल पहिरनमा देखिएका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यस फोटोलाई यी दुईको अहिलेसम्मकै उत्कृष्ट फोटो भनेका छन् । सामाजिक सञ्जालमा उनीहरुको यस तस्बिर यतिबेला भाइरल बनिरहेको छ ।

यद्यपी यी दुई एकसाथ एक नयाँ विज्ञापन गर्न गइरहेका छन् । बताइएअनुसार उनीहरुको उक्त विज्ञापन चाँडै नै टेलिभिजनमा देख्न पाइनेछ । उक्त विज्ञापनलाई निर्देशक अभिषेक वर्मनले शूट गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

Loading...