यस्तो छ अधिकांश पुरुषले कण्डम प्रयोग नगर्नुको कारण

  • एजेन्सी ।
विश्वभर जनसंख्या तथा यौन रोग नियन्त्रणमा कण्डमले निकै महत्वपूर्ण भूमिका खेलेको छ । तर धेरैजसो बेलायती नागरिकले कण्डम प्रयोग नगर्ने तथ्य बाहिर आएको छ ।

बेलायती नागरिकले कण्डम कम प्रयोग गर्नुको कारण भने अनौठो छ । मानिसले कण्डम प्रयोग नगर्ने मुख्य कारणमा कण्डम प्रयोग गर्दा यौन सन्तुष्टि घट्ने वा अप्ठ्यारो हुने यसअघिका अध्ययनबाट पुष्टि भएको थियो ।

तर बेलायतमा कण्डम प्रयोग घट्दै जानुको अर्कै कारण रहेको छ । औसत लिङ्गको आकारभन्दा बजारमा पाइने कण्डमको आकार ठूलो भएका कारण प्रयोग घट्दै गएको अध्ययनले देखाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...