सरकार पुर्नगठन गर्दै देउवा, माओबादीका मन्त्रीलाई बर्खास्त गर्ने तयारी

  • काठमाडौँ ।

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको घोषणा भए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनको तयारी थालेका छन्। माओवादी केन्द्र विना पनि सरकार गठनमा बहुमत पुग्ने भएकापछि देउवाले सरकार पुनर्गठन गर्ने गृहकार्य अगाडी बढाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले बनाएको लोकतान्त्रीक गठबन्धनमा आबद्ध दलहरुलाई सहभागी गराएर उनले सरकार पुर्नगठन गर्न लागेको बालुवाटार स्थित एक उच्च स्रोतले जनाएको छ ।

लोकतान्त्रीक गठबन्धनमा आबद्ध दलहरु मध्ये नेपाली कांग्रेसको २ सय ७, राजपाको २५, लोकतान्त्रिक फोरमको १८, राप्रपाको १९, राप्रपा प्रजातान्त्रिकको १८, संघिय समाजबादी पार्टीको १५ गरी कुल ३ सय २ सांसद हुने भएकाले प्रधानमन्त्री देउवाले सरकार पुर्नगठन गर्नलागेको हो ।

नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन गरेपछि सरकारमा सहभागी माओबादी केन्द्रका मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने तयारी गरेका छन् ।

लोकतान्त्रीक गठबन्धनको तर्फबाट बुधबार बनेको कार्यदलले विहिबार (आज) देखि सरकार पुर्नगठन र मन्त्रालयका बारेमा छलफल गरि टुंगोमा लैजाने जिम्मासंगै यस विषयमा खाका बनाएर प्रधानमन्त्रीलाई दिएपछि मात्रै पुर्नगठन हुने बताइएको छ ।

प्रतिपक्षीसँग गठबन्धन गरिसकेको माओवादी केन्द्रसँग सहकार्य गर्नु सरकारकै लागि र काँग्रेसका लागि घातक हुने भन्दै माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरेर लोकतान्त्रीक गठबन्धनका नेताहरुलाई मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई दवाव परेपछि सलफल गरेर सो कार्य गर्न लागिएको स्रोतको दाबी रहेको छ ।

लोकतान्त्रीक गठबन्धनको कार्यदलले मन्त्रालयको भागबण्डा एक दुई दिन भित्रमै तयार पारिसक्ने र चुनावी तालमेलको खाका एक साता भित्रमा तयार पार्ने योजना बनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...