नेपाल र हङकङबीच आज हुने भनिएको खेल स्थगित


काठमाडौ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल स्थगित भएको छ । हङकङमा आजको मौसम प्रतिकूल रहेकाले खेल स्थगित गरिएको हो । यो खेल भोलि खेलाईने भएको छ ।

प्रतियोगिताको शीर्ष चारमा परेर विश्वकप छनोटमा पुग्ने सम्भावना जिवित राख्न नेपालले हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब छ । गत शुक्रबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टोली हङकङले ८३ रनले हराएको थियो ।

आइतबार हुने दोस्रो खेलमा पनि पराजित भएको खण्डमा प्रतियोगितामा दुई खेल बाँकी छँदै नेपाल आईसीसी डिभिजन टु मा झर्नेछ । नेपालले हङकङपछि युएईसंग दुई खेल खेल्न बाँकी छ ।

विश्वकप छनोटमा ठाउँ बनाउन नेपालले युएईलाई हराएर मात्र पनि पुग्ने छैन । समूहका अन्य टोलीहरु हङकङ र केन्या आफ्ना बाँकी खेलमा पनि पराजित हुनुपर्नेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...