‘चुनावपछि प्रचण्ड माओवादी एमालेमा विलय हुँदै’

  • रुपन्देही ।
वाम एकताको चर्चा चलिरहेका बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र एमालेमा विलय हुन लागेको बताएका छन् । यादवले वाम गठबन्धनले माओवादी केन्द्र एमालेमा विलयको सम्भावना बढेको दाबी गरेका हुन् ।

बिहीबार बिहान रुपन्देहीको गैडहवामा भएको कार्यक्रममा यादवले वाम एकताका नाममा माओवादीले एमालेमा विजय हुने बाटो रोजेको बताए । चुनावपछि माओवादी केन्द्रको एमालेसँग पार्टी एकता होइन उसको हैसियत अनुसार विलय नेता यादवको भनाइ छ ।

नेता यादवले राजपा र संघीय समाजवादी फोरम नेपालबीच चुनावी गठबन्धन निश्चित भइसकेको भन्दै कांग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन बन्ने दाबी गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...