विप्लवले भने-एमाले र माके पुँजीवादका गुलाम भएपनि क्रान्तिलाई कसैले छेक्न सक्‍ने छैन

  • काठमाडौं । 
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा एमाले र माओवादी केन्द्रको पुँजिवादका गुलाम भएको बताएका छन् ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकतापछिको पहिलो प्रतिक्रिया दिँदै विप्लवले भने, ‘नेपाल देश र नेपाली जनता पराधिन, अपहेलित, गरिब, उत्पीडित हुनुको कारण दलाल पुँजीवादी संसदीय सत्ता हो, यसको समाधान पुँजीवादी, संसदवादी लुटेरा, हत्यारा सत्ता मुनी सुतुरमुर्गे तालले टाउको घुसारेर सम्भव छैन।’

महासचिव विप्लवले एमाले र माओवादी केन्द्रलाई संकेत गर्दै दलाल संसदीय व्यवस्था वरिपरि घुम्ने व्यक्ति, वर्ग र पार्टी कमजोर हुन या ठूलो हुन् ती अन्ततः पुँजीवादका गुलाममा परिणत हुने बताउँदै देशको स्वाधिनता र जनताको मुक्ति खोज्नु आफ्नै भविष्यलाई अन्धकारतिर धकेल्नु भएको बताए ।

हरेक कम्युनिष्ट, देशभक्त र लोकतन्त्रवादीले दलाल संसदीय व्यवस्थाविरुद्ध विद्रोह गर्ने वेला आएको बताउँदै सन्नीकट क्रान्तिलाई कसैले छेक्न सक्ने नसक्ने बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...