राष्ट्रपति भ्लादिमिर पुटिनलाई जन्मदिनमा कुकुर उपहार

  • मस्को ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जन्मदिनका अवसरमा कुकुर उपहार प्राप्त भएको छ । पुटिनलाई तुर्कमेनिस्तानका राष्ट्रपति गुर्बांगुली बेर्दिमुखमेदोभले कुकुर उपहार दिएका हुन् ।

पुटिनसँगको भेटमा उनले कुकुर उपहार दिएका हुन् । कुकुर बोक्दै पुटिनले तुर्कमेनिस्तानका समकक्षीलाई धन्यवाद दिएका थिए । ६५ वर्षीय पुटिन कुकुरप्रेमी पनि हुन् ।

उनले हालै आफ्नो जन्मदिन मनाएका थिए । पुटिनलाई यसअघि जापानी अधिकारीले पनि कुकुर उपहार दिएका थिए । (एजेन्सी)

प्रतिकृया दिनुहोस्

Loading...