संविधान कार्यान्वयन गर्न कांग्रेस जस्तोसुकै जोखिम लिन तयारः सिंह

  • तनहुँ, १ माघ । 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तन ल्याउन सफल हुने तर संस्थागत गर्न नसक्ने नेपाली राजनीतिको पुरानो रोगका कारण राजनीतिक अस्थिरता बढेको बताएका छन् । 

उनले यसैका कारण जनतामा दलहरुप्रति अबिश्वास बढ्दै गएको पनि बताए ।

तनहुँको बन्दिपुरस्थित सहिद बाटिकामा शनिबार आयोजित कार्यक्रममा बोल्दै सिंहले राजनीतिमा मूल्य मान्यता हराउँदै गएको र मनि-मसल हाबी भएकाले जनतामा निराशा बढ्दै गएको बताए ।

राजनीतिमा इमान्दारीताको मूल्यांकन हुन छाडेको र सहिदहरुको सम्मानमा समेत कमी आएको भन्दै उनले दुःख व्यक्त गरे ।

कांग्रेस संविधान प्रभावकारीरुपमा कार्यान्वयन गराउन जस्तोसुकै जोखिम लिन तयार हुनेसमेत उनले बताए । केही शक्तिहरु संविधान असफल बनाएर मुलुकमा अस्थिरता ल्याउन उद्यत रहेकाले तिनलाई परास्त गरेर कांग्रेस अघि बढ्ने नेता सिंहको भनाइ छ ।

हिजो संविधान जारी गर्दा नै चित्त नबुझाएका दलहरुलाई संशोधन मार्फत समेट्नुपर्नेमा नेता सिंहले जोड दिए । संविधान जारी गर्दा गरेको समझदारी नभुल्न र देश विकासका लागि राष्ट्रिय एकता कायम गर्दै अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।

कांग्रेस नेता सिंहले स्थानीय निर्वाचन भएरै छाड्ने भन्दै जिल्लाका नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...