मोटरसाइकको ठक्करबाट एक जनाकोे मृत्यु
काठमाडौं, २४ पुस।
काठमाडौंस्थित स्वयम्भूमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
से ४ प ५३४७ नम्बरको मोटरसाइकलले हिजो बेलुकी स्वयम्भूको अन्नपूर्ण चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्रु स्वयम्भू सानोभर्याङका ६५ वर्षका सुशील मानन्धरको गएराती नै मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी मानन्धरकी श्रीमती ४८ वर्षकी निर्मला महर्जनको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक सल्यानका २० वर्षका अर्जुन साउदलाई थप उपचारको लागि न्यूरो अस्पताल रिफर गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...