उपत्यकाका विभिन्न पम्पबाट आज करिब साँढे २ लाख लिटर पेट्रोल वितरण गरिदै

काठमाडौ २४ पौष ।

नेपाल आयल निगमले आज उपत्यकाका विभिन्न पेट्रोल पम्पबाट २ लाख ४८ हजार लिटर पेट्रोल वितरण गर्दैछ । आज ७ देखि १० लटसम्मका निजी कार, जीप र भ्यानलाई पेट्रोल वितरण गरिने निगमले जनाएको छ ।

निगमले यसअघि जारी गरेको सुचनाअनुसार आज ७ देखि १० लटसम्मका निजी चार पांग्रे सवारीसाधनको पालो परेको हो । गत मंसिर ११ देखि प्रत्येक शुक्रबार सन्चारकर्मी र सन्चार संस्थाका सावारीसाधनले मात्र पेट्रोल पाउदै आएकोमा आज उनीहरुले भने नपाउने भएका छन् ।

आज निजी सवारी साधनलाई मात्र १५ लिटरका दरले इन्धन उपलबध गराउने तयारी रहेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । तोकिएका पम्पहरुमा आज बिहान ९ बजेदेखि पेट्रोल वितरण गरिने निगमले जनाएको छ ।

पेट्रोल लिन लाइनमा बस्ने कारहरुले नवीकरण भएको ब्लुबुक साथमा लिएर बस्नु पर्ने र त्यसको अनुगमन वाणिज्य विभाग, आयल निगम र नेपाल प्रहरीले गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...