आन्दोलनरत मोर्चाको बैठक बस्दै
काठमाडौ २४ पौष ।
लामो समयदेखि तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ ।
तामालोपा कार्यलय बिजुलीबजारमा बिहान ११ बजेपछि बस्ने बैठकमा प्रमुख दलहरुसँग जारी वार्ता प्रक्रिया तथा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकमा दलहरुसँगको वार्ता प्रक्रियासँगै आन्दोलनलाई पनि निरन्तरता दिने विषयमा छलफल हुने मोर्चा आवद्ध दल सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
यसअघि हिजो भएको दलहरुसँगको वार्तामा राजनितिक संयन्त्र मार्फत सिमांकन विवाद सुल्झाउन मार्चा केही सकारात्मक देखिएको बताइएको छ ।
वार्ताबाट केही हदसम्म विश्वासको वातावरण बनेपनि आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने कर्णले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्
Loading...