आइएसका कार्यकर्ताले आमाको हत्या गरे
काठमाडौँ २५ पुस ।
सिरियाको रक्कामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको एक कार्यकर्ताले आफ्नी आमाको हत्या गरेको छ ।
बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स र रक्का इज बिइङ स्लाटर्ड सायलेन्टली नामक संगठनका कार्यकताले आइएसको एक कार्यकर्ताले आफ्नी आमाको सार्वजनिक रुपमा हत्या गरेका जानकारी दिएका हुन् ।
आइएस छोड्न आग्रह गरेको भन्दै २१ वर्षको आइएस कार्यकर्ता अली सक्रले ४५ वर्षकी आमा लिन अल कासिमको हत्या गरेका हुन् ।
सक्रले आमा कासिमको उनले काम गर्ने हुलाक कार्यालयको बाहिर हत्या गरेका हुन् । कासिमले छोरा सक्रलाई आइएस छोड्न तथा आइएसको अन्त्य हुनुपर्ने बताएको थाहापाएपछि आइएसले उनलाई गिरफ्तार गरेर मृत्युदण्डको सजाय सुनाएको थियो।
त्यसपछि उनकै छोरा सक्रले सार्वजनिक स्थानमै हत्या गरेको हो । सन् २०१३ को अगस्टमा रक्कामा आइएसले नियन्त्रण कायम गरेको थियो । त्यसपछि रक्का आइएसको राजधानीको रुपमा रहेको छ ।
– एजेन्सी
प्रतिकृया दिनुहोस्
Loading...