भोकमरीका कारण माटो खान बाध्य सिरियाका युद्ध पीडित
सिरिया, २४ पुस ।
आन्तरिक राजनीतिको कलहका कारण गृहयुद्धमा फसेर जर्जर बनेको सिरियाका युद्ध पीडित आम सर्वसाधारणले भोकमरीका कारण माटो खान थालेको खबर आएपछि सिरियाको सरकारले प्रभावित केही क्षेत्रमा मानवीय सहायता पुर्याउन अनुमति दिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार मडाया नामक क्षेत्रमा रहेका मानिससम्म मानवीय सहायतपुर्याउन सिरिया सरकार तयार भएको हो ।
मडाया सिरियाका विद्रोही नियन्त्रित क्षेत्र मानिन्छ । खानेकुरा केही नभएर चरम भोखमरीमा परेका युद्ध पीडित माटो खाएर श्वास टिकाइरहेका छन् ।
सो क्षेत्रमा खानै नपाएर दैनिक मानिस मरिरहेको खबर छ । मडाया लेबनानको सीमाबाट करीब २५ किलोमिटर टाढा पर्दछ । (एजेन्सी)
प्रतिकृया दिनुहोस्
Loading...
