युरोपेली संघबाट अलग्गियो ब्रिटेन

लन्डन, १० असार ।

ब्रिटेन युरोपेली संघबाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो ।

जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले ब्रिटेनलाई ईयुबाट अलग राख्नुपर्ने पक्षमा मत दिएका हुन् । युरोपेली संघमा २८ युरोपेली देशको आर्थिक एवम् राजनीतिक साझेदारी छ । 

द्वितीय विश्वयुद्धपछि आर्थिक सहयोग बढाउन संघ निर्माण भएको थियो । यसको उद्देश्य एकसाथ व्यापार गरिरहेका देश एक अर्काविरुद्ध युद्ध गर्नबाट बचाउनु पनि थियो ।

 त्यसबेलादेखि ईयु अहिलेसम्म एक बजारका रुपमा विकास भएको छ । (एजेन्सी)

,

प्रतिकृया दिनुहोस्

Loading...