कतारमा धुर्मुस सुन्तलीलाई २२ लाख सहयोग

धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा भूकम्प पीडितका लागि सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणधिन एकीकृत बस्तीको लागि कतारमा २२ लाख रुपैयाँ संकलन भएको छ ।

एभरेष्ट नेपाल युथ एसोसिएसन कतारको पहलमा यो रकम संकलन भएको हो । धुर्सुस-सुन्तली साँझमा आफ्नो प्रस्तुति गर्न कतार आइपुगेका यी जोडीलाई एसोसिएसनले रकम हस्तान्तरण गरेको छ ।

‘एकीकृत बस्तीको लागि २२ लाख रुपैयाँ दिने प्रतिबद्धता भएको छ,’ एसोसिएसनका अध्यक्ष उत्तम गुरुङले रकम हस्तान्तरणमा भने, ‘तत्काल १४ लाख रुपैयाँ हस्तान्तरण गरेका छौं । बाँकी तुरुन्तै पठाइनेछ ।’

एसोसिएसनले कतारका नेपाली ब्यबसायी, संघसंस्था र कामदारसँग स्वतस्फुत रकम जुटाएको हो । उसले भुकम्प पीडितलाई अतुलनीय काम गरेर उदाहरणीय प्रस्तुत गरेको भन्दै सम्मान गरेको थियो ।

‘हामीले छरिएर रहेका गाँउलाई एकीकृत रुपमा राखेर बिकास गर्नुपर्छ भनेर मात्रै देखाउन खोजेको हो,’ सिताराम कट्टेल (धुर्मुस)ले भने,‘हामीले आफ्नो कलाकारितालाई छाडेर यो अभियानमा लागेको हो ।’

कुञ्जन घिमिरे (सुन्तली)ले पाँच करोड रुपैयाँ बराबारको बजेटमा गिरानचौरको एकीकृत बस्ती निर्माण हुने बताउँदै भनिन्, ‘हामी लक्ष्य नजिक आइपुगेका छौं । चार करोड रुपैयाँ संकलन भइसकेको छ । अब एककरोड रुपैयाँ जम्मा भएपछि सहयोग उठाउन बन्द गरिनेछ ।’

गिरानचौरमा सरकारले तोकेको मापदण्ड अनुसार ६५ वटा घर बनाउने काम भइरहेको छ । यसैबीच नुवाकोटकी सुमित्रा लामिछानेको पहलमा संकलन भएको एकलाख ३४ हजार रुपैयाँ हस्तान्तरण भएको छ

प्रतिकृया दिनुहोस्

Loading...