प्राकृतिक प्रकोपले संकटमा सिन्धुपाल्चोक

सिन्धुपाल्चोक, १ साउन । 
भूकम्प र बाढीपहिरोको लगातारको प्रकोपले नेपालको कुनै एक ठाउँलाई सबभन्दा बढी असर गरेको छ भने त्यो हो–सिन्धुपाल्चोक।

२०७१ साउनमा जुरे पहिरो, २०७२ बैशाख १२ मा भूकम्व र २०७३ सालमा भोटेकोशीको बाढीले पुर्याएको भौतिक र मानवीय क्षतिले यो जिल्लालाई संकटमा पारेको छ।

यी प्रकोपका कारण जिल्लाका सबैजसो निजी तथा सार्वजनिक भौतिक संरचना ध्वस्त छन्। क्षतिको प्रकृति हेर्दा तत्कालै पुनर्निर्माण गरेर पहिलेकै अवस्थामा लैजान सकिने सम्भावना देखिँदैन।

जिल्लाको सबैभन्दा महत्वपूर्ण आर्थिक गतिविधिको मूल आधार नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार तातोपानी नाका १५ महिनादेखि बन्द छ। नाका बन्द हुँदा हजारौंले रोजगारी गुमाए नै अर्बौं पुँजी पनि पलायन भएको छ।

सडक, विद्युत आयोजना, विद्यालय, गाविस भवन, गुम्बा, मन्दिर, होटल तथा साना उद्योगहरु भूकम्पले भत्काएका छन्। जलविद्युत तथा होटल व्यवसायमा गरिएको अर्बौंको लगानी हुब्ने खतरा बढेको छ।

निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाका लगानीकर्ताहरु पनि अलमलमा छन्। कान्तिपुर दैनिकमा समाचार छ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...