सरकार अल्पमतमा परेको छैन: ज्ञवाली
नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले नेकपा (माओवादी केन्द्र)ले सत्ताबाट फिर्ता भएपनि सरकार अल्पमतमा नपरेको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले शनिबार यहाँ आयोजित अन्तक्र्रियामा सचिव ज्ञवालीले अहिलेको सरकार अल्पमतमा परेको भन्ने कानुनी आधार नभएको स्पष्ट पारेका छन् ।
उनले मुलुकलाई सङ्क्रमणकालतर्फ धकेल्न सरकार परिवर्तन गर्न नेपाली काँग्रेस र माओवादी केन्द्र लागेको बताए । ‘भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रिय स्वाधीनताका सवाल, नाकाबन्दीको प्रतिवाद र चीनसँग सम्बन्धजस्ता राम्रा काम देखेर सरकार ढाल्ने खेलमा लागेका छन्’ उनले भने ।
संविधान कार्यान्वयन नगर्न, राष्ट्रिय स्वाधीनता कमजोर पार्न, बनेका संरचना भत्काउन र मुलुकलाई सङ्क्रमणतर्फ धकेल्न सरकार परिवर्तन गर्न थालिएको छ’, सचिव ज्ञवालीले भने ।
उनले प्रधानमन्त्री ओलीले आफूमाथि लागेको आरोपको संसद्मा एकरएक गरेर प्रतिवाद गर्ने बताउँदै एमालेले गरेको काम जनताको इजलासमा न्यायिक फैसला हुनेसमेत उल्लेख गरे ।
उनले संसद्मा विचाराधीन बजेटका विधेयकलाई छाडेर सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्तावलाई छलफलमा ल्याउनु गम्भीर गल्ती भएको टिप्पणी गरे । ‘सभामुखले गम्भीर गल्ती गर्न थाल्नुभएको छ ।
उहाँको निष्पक्षतामाथि प्रश्न उठेको छ’, सचिव ज्ञवालीले भने ।
अर्को एक प्रसङ्गमा सचिव ज्ञवालीले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भए पनि मुलुकलाई जनप्रतिनिधि विहीनता बनाउन संसद् विघटन नगर्ने स्पष्ट पारेका छन् ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले भने ‘संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ । तर हामी त्यो गर्दैनौँ, ‘संसद् विघटन गरेर जनप्रतिनिधि विहीनताको अवस्थामा मुलुकलाई पु¥याउँदैनौँ ।’
प्रतिकृया दिनुहोस्
Loading...