माओवादी केन्द्रको बैठक बस्दै नबसी स्थगित
काठमाडौं, १ साउन ।
नेकपा माओवादी केन्द्रको शनिवार बस्ने भनिएको केन्द्रीय कार्यालय बैठक बस्दै नबसी स्थगित भएको छ ।
एमाले नेतृत्वको ओली सरकारबाट फिर्ता भएपछिका राजनीतिक अवस्थाबारे छलफल गर्न शनिवार केन्द्रीय कार्याययको बैठक बोलाइएको थियो ।
एमाले नेतृत्वको ओली सरकारबाट फिर्ता भएपछिका राजनीतिक अवस्थाबारे छलफल गर्न शनिवार केन्द्रीय कार्याययको बैठक बोलाइएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ब्यस्त भएका कारण कार्यालय बैठक बस्दै नबसी स्थगित गरिएको हो ।
अविश्वासको प्रस्तावबाट ओली सरकार अल्पमतमा परे पनि तत्काल सरकार बन्न सक्ने प्रावधान संविधानमा नै नभएको चर्चाका कारण माओवादी कांग्रेसले शनिवार कानूनविदहरुसँग् छलफल गरेको थियो ।
माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरु सोही छलफलमा ब्यस्त भएकाले कार्यलय बैठक बस्न नसकेको माओवादी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...