रमितेखोला दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

मोरङ, ११ साउन ।

मोरङको रमितेखोलामा आइतबार राति पिकअप भ्यान भिरबाट खसेर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रमितेखोला–९ बस्ने २३ वर्षीय अर्जुन राईको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा गएराति मृत्यु भएको छ ।
यसअघि रमितेखोला–७ बस्ने १८ वर्षीय सिद्धी राईको घटनास्थलमा नै र इलाम साक्फारा–१ बस्ने १५ वर्षीय सन्दिप राईको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

दुर्घटनामा परेर घाइते भएका अन्य सात जनाको न्युरो अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक गङ्गाबहादुर राईले जानकारी दिए ।

मोरङको टाँडीबाट रमितेबजारतर्फ जाँदै गरेको को १ ज १७५५ नम्बरको पिकअप भ्यान आइतबार राति रमितेखोला–२ स्थित भिरबाट ध्वाँसे खोलामा खस्दा दुर्घटना भएको थियो । 

पिकअप भ्यानका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...