आजै बाधा अड्काउ फुकाउने आदेश अनुमोदन हुँदै
काठमाडौँ, ११ साउन ।
व्यवस्थापिका संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट सदनलाई प्राप्त पत्रको बेहोरा वाचन गरी सुनाइन ।
राष्ट्रपति कार्यालयबाट जारी सो पत्र संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउनेसम्बन्धी थियो ।
यसैगरी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले संविधानको धारा ३०५ बमोजिम राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश सदन समक्ष पेस गरिएको थियो ।
सो आदेशलाई आज छलफल गरी अनुमोदन गर्ने कार्यक्रम छ । सदनको बैठक आधा घन्टाका लागि स्थगन भएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...