पहिरोले बगाई दियो पाइप, खानेपानीको हाहाकार
म्याग्दी, ९ साउन ।
म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटमा पहिरोले खानेपानीको पाइप बगाएपछि खानेपानीको हाहाकार भएको छ ।
गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भिरबाट विगत छ दिनदेखि लगातार खसेको पहिरोका कारण बगरफाँटका बासिन्दा त्रसित बन्नुका साथै छ दिनदेखि खानेपानीको समस्याबाट समेत पीडित बनेका छन् ।
बगरफाँट र भकिम्लीको सिमानामा पर्ने दुधेखोलाको मुहानबाट पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका वगरफाँटका बासिन्दा पहिरोले पाइप बगाइदिएपछि पानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीयवासी टीकाकुमारी घिमिरेले बताए ।
बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वितरण गरिएको पानी पहिरोले पाइप बगाएपछि अवरुद्ध भएको र गाउँलेलाई समस्या भएको समितिका उपाध्यक्ष चन्द्रबहादुर घिमिरेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...