डुबान समस्या समाधान गर्न काँग्रेसको माग

विराटनगर, १० साउन ।

नेपाली काँग्रेस नगर समिति विराटनगरले नगरको डुबान समस्या तत्काल समाधान गर्न विराटनगर उपमहानगरपालिकासँग माग गरेको छ । 

सो पार्टीका नगरसभापति भीम पराजुलीको नेतृत्वमा आइतबार उपमहानगरपालिका पुगेको एक टोलीले उपमहानगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रधानसमक्ष सो माग गर्दा प्रधानले समस्या समाधान गर्ने आश्वासन दिएको बताइएको छ । 

पटक पटक डुबान समस्या समाधानका लागि काम थाल्न आग्रह गरे पनि उपमहानगरपालिकाले कुनै वास्ता नगरेकाले अब आन्दोलनमै उत्रनु पर्ने बाध्यता भएको पराजुलीले बताए । 

निरन्तर रुपमा जारी वर्षाले विराटनगरको २२ वटै वडामा डुबानको समस्या देखिएको छ । 

डुबानका कारण नगरवासीले धेरै कष्ट झेल्नु परे पनि उपमहानगरपालिकाले समस्या समाधानमा कुनै ध्यान नदिएको काँग्रेसको ठहर छ । 

प्रतिकृया दिनुहोस्

Loading...