बेपत्ता हरिजन मृत अवस्थामा फेला
नवलपरासी, १० साउन ।
नवलपरासीको भुजहवा गाविसमा केही दिन अघि बेपत्ता भएका एक व्यक्ति आइतबार मृत अवस्थामा फेला परेका छन् ।
भुजहवा–५ स्थित भटवलियाको गण्डक पोखरीमा स्थानीय ३६ वर्षीय हरेन्द्र हरिजन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
हरिजन गत साउन ६ गतेदेखि घरबाट बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । हरिजनको मृत्युको कारण खुल्न सकेको छैन ।
शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ । हरिजनलाई हत्या गरेर फालिएको हुनसक्ने परिवारले बताए पनि प्रहरीले यसबारेमा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...