प्रचण्डले सदनमै भने प्रधानमन्त्री गणतन्त्र र संघीयता बिरोधी
काठमाडौँ ७ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र र संघियता बिरोधीको संज्ञा दिएका छन् ।
उनले संसदलाई सम्बोधन गर्दै भने प्रधानमन्त्रीलाई गणतन्त्र मन परेको जस्तो लागेन मलाइ संसदमा ओली सरकारविरुद्ध अश्विासको प्रस्ताव पेश भएपछि संसदमा बोल्दै दाहालले ओलीले बेलाबेलामा आफूलाई संघीयता मन नपर्ने बताएको बताए।
‘गणतन्त्रका बारेमा त म त्यही शब्द भन्दिनँ तर उहाँको गणतन्त्र मन परेजस्तो लाग्दैन।’ दाहालले भने ‘उहाँको लगनगाँठो त संघीयताविरोधी र गणतन्त्रविरोधीसँग गाँसिएको छ।’
प्रतिकृया दिनुहोस्
Loading...