सदनमा दाहालले भने भद्र सहमती भन्ने सब्द अब प्रयोग नगरौ

काठमाडौँ ७ साउन । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भद्र सहमति शब्द अब नेपाली राजनीतिज्ञले प्रयोग नगर्नु नै जाती हुने बताएका छन्। 
संसदमा केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश भएपछि बोल्दै दाहालले संविधान निर्माणपछि कांग्रेससँग भएको भद्र सहमति तोडिएको र वर्तमान सरकारसँग माओवादीले गरेको भद्र सहमति पनि तोडिएको बताए। 'अब हामी नेपाली राजनीतिज्ञले यो शब्द प्रयोग नगरेकै जाती होला,' दाहालले भने।
प्रचण्डले भने आज भन्दा ९ महिना पहिले केपीओलीलाई प्रम बनाउने प्रस्ताव राख्दा राजनीति सम्भावनाको खेल हो भनेको थिए। 
अहिले ९ महिना केही दिन पछि राजनीति सम्भावनाको खेल हो भनि पुष्टि गर्दै राजनीतिमा असम्भव केही हुदैन भनि म आफैं ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै छु।
 
नेपाल असाधारण राजनीतिक प्रक्रियाबाट गुज्रदै छ भन्ने कुरा सबैले महशुस गरेका छो। हामीले सुरुदेखि नै राजनीतिलाई सही ट्रयाकमा लगी जनताका आवश्यकता सम्बोधन गर्न प्रयास गदै १२ बुँदेदेखि शान्ति सझौता, संविधान सभा, संविधान हुँदै यो असाधारण राजनीतिक प्रयोगबाट गुज्रेका छौं।
 
म सदनको ध्यानाकर्षण गराउन चाहन्छु कि जतिबेला भुकम्पको मारमा थियो त्यतिबेला कांग्रेस र एमाले सरकारमा थिए। त्यतिबेला मैले नेपाल संकटमा भएको भन्दै राष्ट्रिय एकता, सहमति र संकल्पले पीडित जनतालाई सहयोग गरी जनताको दुःख र पीडामा राष्ट्रको पक्षमा एक हुन सक्छौं भनी संकल्प देखाउन प्रधानमन्त्री सुशील कोइरालालाई भनेको थिए।
 
मैले राष्ट्र कठिन भएको अवस्थामा प्रतिपक्षमा भएर पनि राष्ट्रिय एकता, स्वाभिमान र जनताको दुःखमा असाधारण एकता देखाउन भनेको थिए।
 
त्यसपछि मैले राष्ट्रिय सहमति र एकताको लागि निरन्तर आवाज उठाउँदै आएँ। मैले राष्ट्रिय एकताबाट मात्रै अघि जान सकिन्छ भनि संविधान निर्माण गर्न र त्यसको विरोधमा देखिएका असन्तुष्टि सम्बोधन गर्न भनेको थिए।
 
आजभोलि नेपालमा बडो प्रचलन र अविश्वासको शब्द रहेको छ त्यो भद्र सहमति। अब यो शब्द नेपालका राजनीतिक पार्टीले प्रयोग नगरेहुन्छ जस्तो लागेको छ।
 
यसले दलबीच गडबड शुरु भएको छ। त्यतिबेला पनि मेरो जोड राष्ट्रिय सहमति र एकतामा नै थियो। यही उद्देश्यका साथ बनेको समझदारी कायम राख्ने उद्देश्यले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको थिएँ। 
त्यसपछि ओलीसँग माओवादीको भद्र सहमति भयो जसको कारण दुई दलबीच नमिठो वातावरण उत्पन्न भयो।
 
अघि अर्थमन्त्रीले सदनमा कुर्सी सेता नदेखी सदन भोरिएकोमा गर्व गरेकोमा म प्रश्न गर्छु कि यो सदनमा अविश्वासका लागि मात्रै हल भरिएको हो। सरकारले काम गर्दा किन सदन भरिएन भन्ने कुरामा सरकार किन घोत्लिएन? 
 
विश्वास र अविश्वासको मत प्रत्येक राजनीतिक दलले आफ्नो उद्देश्य अनुसार आफ्नो वर्चश्व प्रभाव खोज्छु स्वाभाविक हो। 
संसदीय प्रक्रियामा यद्दपि हामी संसद वादको पक्षमा छैनांै तर पनि संसदवादको अभ्यास भइरहेको छ। हिजोदेखि यसको अभ्यासमा रहेका दललाई पार्टीहरु आफ्नो विचार, सिद्धान्त, नीतिका लागि नयाँ समीकरण बनाउने र भत्काउने गर्नु कोही अघि आउनु र पछि जानु स्वाभाविक हो।
 
९ महिना पहिलेको प्रस्ताव र अहिलेको प्रस्ताव पेश गर्दा देशको अवस्थाबारे गम्भीर भएर सोचेका होलाऔं। 
 
हामीले खेलको नियम अनुसार नै खेलिरहेका छौं।

, ,

प्रतिकृया दिनुहोस्

Loading...