चट्याङले रेडियो पाठशालामा क्षति

दाङ, २२ साउन ।

गएराति परेको चट्याङले दाङको तुलसीपुरबाट सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पाठशाला पूर्णरुपमा क्षति भएको छ ।


शुक्रबार राति परेको चट्याङले रेडियोको करिब रु १५ लाख बराबरको सामानमा क्षति भएको रेडियोका स्टेसन मेनेजर बामदेव देवकोटाले जानकारी दिए।

रेडियोको ट्रान्समिटर, ऐन्टेना, युपिएस, फेडर केबल, कम्प्युटर, सोलार कन्ट्रोल, विद्युत्को मिटरबक्सलगायतका सामान पूर्णरुपमा क्षति भएको देवकोटाले जानकारी दिए। रेडियो शुक्रेश्वरी सञ्चार सेवा संस्थाद्वारा १०४ मेगाहर्जबाट रेडियो सञ्चालन हुँदै आएको थियो ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...