डा भट्टराइले भने आर्थिक समृद्धिका लागि संसदीय प्रणालीको अन्त्य हुनुपर्छ

झापा, २२ साउन ।

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्री डा भट्टराईले झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतीय प्रणालीअनुसार देश अघि नबढे देशको आर्थिक विकास नहुने बताए ।

उनले मुलुकको पहिलो आवश्यकता भनेको विकास र समृद्धि भएको बताउँदै सत्ताको फोहोरी खेलले देशको विकास नहुने बताए ।

संविधान आफैँमा अपूर्ण भएको बताउँदै नेता भट्टराईले भने– गणतन्त्रलाई संस्थागत गर्न मात्र आफूले संविधानमा हस्ताक्षर गरेको हुँ । विद्यामान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै मिलेर संविधान संसोधन गर्नुपर्ने उनको भनाइ थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...