एकाबिहानै प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भयो भेटवार्ता
काठामाडौं, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान भेटवार्ता भएको छ ।
भेटमा सरकारका कामकारबाहीबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो।
प्रचण्ड छलफलका लागि बिहान देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो । ‘भेटमा सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल सचिव मल्लले बताउनुभयो ।
भेटवार्तामा मन्त्रिपरिषद विस्तारबारे पनि छलफल भएको बुझिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...