सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौँ, १० भदौ

 शुक्रबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५८ हजार ६ सयमा भएको छ।

बुधबार ५९ हजार १ सय रुपैयाँ पुगेको सुन बिहीबार ४ सय कम हुँदै ५८ हजार ७ सय कायम भएको थियो।

चाँदी भने आज स्थिर रहँदै बिहीबारकै भाउ अर्थात् ८ सय ५० मा कारोबार भएको छ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...