अपडेट- मुग्लिन बस दुर्घटना : मृतक २१ मध्ये ६ को सनाखत, बेपत्ताको खोजी कार्य जारि

काठमाडौं, १० भदौ  ।

रौतहटको गौरबाट पोखराका लागि छुटेको यात्रुबाहक बस चितवन-मुग्लिङ सडक खण्डमा पर्ने त्रिशूली नदीमा खस्दा २१ यात्रुको ज्यान गएको छ। मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

सनाखत हुनेमा सबै रौतहटका छन्। मुडबेलुवा, रौतहटका ३५ बर्षिय रञ्जन यादव , मुडबेलुवाकै ३३ बर्षिया राजेशप्रसाद यादव, मोहम्मदपुर-८ का  २५ बर्षिया प्रमोद राम,  लौकाहाका ३४ बर्षिया राजेश यादव र बसन्तपुर-१ का २५ बर्षिया गणेशकुमार साह रहेका छन् ।

मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चन्डीभन्ज्याङ गाविसको कालीखोलास्थित त्रिशूली नदीमा बस खसेको हो।



दुर्घटनामा परी घाइते भएका १७ जनाको उद्धार गरि अस्पताल पठाइएको छ। घाइतेहरुको चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य बेपत्ताको खोजी भइरहेको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।

रौतहटको गौरबाट पोखरा जांदै गरेको ग १ ख ३७०९ नम्बरको बस बिहान ४ बजेतिर त्रिशूलीमा खसेको थियो। बसका चालकको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। सहचालक घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।

दुर्घटनाग्रस्त बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । उक्त बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताए। अन्य दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ ।




उनीहरुको खोजी कार्य जारी रहेको रहेको प्रहरीले जनाएको छ। बिहीबार साँझ ६ बजे सो बस गौरबाट छुटेको केसीले जानकारी दिए।

मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ सडकबाट झन्डै एकसय मिटर तल बस त्रिशूली नदीमा खसेको हो।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...