सिआईबीले सुरु गर्यो मानव तस्करीमा तानिएका ३ सांसदको बयान
काठमाडौँ २ भदौ ।
स्पेनमा आयोजित कार्यक्रममा नक्कली पिएलाई आफूसँगै लगेर मानव ओसारपसार गर्ने प्रयास गरेको आरोप लागेका माओवादी केन्द्रका ८ सांसद्सँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान लिएको छ।
सो प्रकरणमा तानिएका ८ मध्ये तीन जना सांसद सृजना तमारू, रुपा महर्जन र सन्तकुमार थारुसँग सिआइबीले बुधबार बयान लिएको खबर छ।
कुटनीतिक राहदानी प्रयोग गर्दै सांसदको हैसियतमा स्पेनको कार्यक्रममा भाग लिन जान भिसा आवेदन गर्दा कन्सुलर विभागको पत्र किर्ते गरेर असम्बन्धित ब्यक्तिलाई सहयोगी बनाएर स्पेन लैजाने प्रयास गरेको घटनामा माओवादी केन्द्रका सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना प्रहरी अनुसन्धानमा तानिएका थिए ।
सांसदको संलग्नतामा भएको मानव ओसारपसारबारे समाचार प्रकाशित भएपछि अनुसन्धान शुरु गरेको सिआइबीले तीन दिन अगाडि सांसदका सहयोगी करिअर ब्रिज कन्सल्टेन्सी सञ्चालक रोहित भन्ने दिनेश खडालाई पक्राउ गरेको थियो।
अनुसन्धानमा नक्कली पिए बनाइएकाहरूसँग खडाले १२ देखि १६ लाख रुपैयाँसम्म असुलेको खुलेको थियो। प्रहरीले खडामाथि सरकारी दस्तखत किर्तेको अभियोग लगाएको छ।

प्रतिकृया दिनुहोस्
Loading...