जर्मनी फाइनलमा, उपाधिका लागि ब्राजिसँग भिड्ने

काठमाडौँ  २ भदौ । 

जर्मनी ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा नाइजेरियालाई २–० ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो।

साओ पाउलोमा भएको खेलमा जर्मनीको जितमा लुकास क्लस्टरमेन र निल्स पिटरसनले एक एक गोल गरे। खेलको नवौं मिनेटमानै लुकासले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाए। खेल कसिन १ मिनेट बाँकी हरेको अवस्थामा निल्सले गोल गर्दै जर्मनीको जित निश्चित गरे।

जर्मनीले अब स्वर्ण पदकका लागि फाइनलमा आयोजक ब्राजिलसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
यसअघि ब्राजिल होन्डुरसलाई हराएर फाइनलमा पुगेको छ। 

सेमिफाइनलमा पराजित भएका होन्डुरस र नाइजेरियाले कास्य पदकका लागि शनिबार राति खेल्ने छन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...