नेविसंघ चुनावमा रातभरी भोटिङ्, मतगणाना सुरु हुदै
काठमाडौं, २ भदौ ।
नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको मतदान सकिएको छ । बुधबार दिउँसोदेखि भएको मतदान बिहीबार बिहान सकिएको हो ।
उम्मेदवार धेरै भएकाले मतदानमा ढिलाई भएको हो । मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।
नेविसंघको नयाँ नेतृत्वको लागि भएको चुनावमा झण्डै ३२ सय जनाले भोट हालेका छन् ।
नेविसंघको एक अध्यक्षका लागि सात जना, २ महामन्त्रीका लागि ६ जना, ११ जना उपाध्यक्षका लागि ७४ जना र १ जना कोषाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
एक सय २९ पदका लागि झण्डै ७ सय जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीसहित ६ जना भने निर्विरोध भएका छन् ।
सहमहामन्त्रीमा परमेश्वर साह र सदस्यमा सितारा बनु, कल्पना खड्का, सरोज रेग्मी, सीता गौतम र सुमित्रा शाही निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
मतदानस्थल कांग्रेसको पार्टी कार्यालय सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...