जनकपुरको ट्राफिक प्रहरी अब ई-रिक्सामा चढ्ने
जनकपुरधाम, ४ भदौ ।
फेयर अटो प्रालि र रति इन्टरप्राइजेज जनकपुरले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई शुक्रबार एक थान ई– रिक्सा प्रदान गरेको छ ।
जापानको ‘टेरा मोटर्स’ कम्पनीद्वारा निर्मित सो ई– रिक्सा वातावरण मैत्री रहेको बताइएको छ ।
सो अवसरमा इन्टरप्राइजेजका सञ्चालक इन्जिनियर डा कृष्णचन्द्रप्रसाद साहले सवारी व्यवस्थापनमा देखिएको समस्यालाई ध्यान राख्दै रिक्सा उपलब्ध गराइएको बताए । सो रिक्साको मूल्य रु तीनलाख पचास हजार पर्ने बताइएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख ज्ञानकुमार महतोले कार्यालयको जिम्मेवारी क्षेत्रमा बढ्दो सवारी चाँपका कारण सवारी तथा यातायातको व्यवस्थापन कार्यमा विद्यमान साधनले अपुग भइरहेकोमा प्रदान गरिएको साधनले सहायक सिद्ध हुने छ भने ।
हाल सो कार्यालयमा एउटा सवारी साधन मात्र रहेको थियो ।

प्रतिकृया दिनुहोस्
Loading...