थ्री स्टारसँग बराबरीमा रोकियो नागावर्ल्ड

काठमाडौं,७ भदौ ।

एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा थ्री स्टार क्लव बराबरीमा रोकिएको छ ।

मंगोलियाको उलानबटारमा भएको खेलमा थ्री स्टार कम्बोडियाको नागावर्ल्ड क्लबसँग १–१ को बराबरीमा रोकिएको छ ।

बराबरीपछि थ्रि स्टारको प्ले अफमा छनौट हुने संभावना बलियो बने पनि यसको अन्तिम नतिजा भने नागावर्ल्ड र इर्चिमबिच बिहीबार हुने खेलले तय गर्ने छ । थ्रिस्टारले पहिलो खेलमा आयोजक मंगोलियाको इर्चिम क्लबलाई २–० गोलले पाखा लगाएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...