माग पत्र बुझाउन गएका शिक्षकमाथि प्रहरीको घेराबन्दी, जिशिअ शंकर गौतम सुटुक्क भागे
काठमाडौँ ८ भदौ ।
विद्यालयलाई पुननिर्माण एवं विद्यार्थीलाई शान्तिपूर्वकरुपमा पढ्न पाउन माग राख्दै काठमाडौं जिल्ला शिक्षा कार्यालय पुगेका शिक्षकहरुमाथी प्रहरीले हस्तक्षेप गर्न खोजेपछि जिल्ला शिक्षा कार्यालय नै अशान्त क्षेत्रमा परिणत भएको छ ।
शिक्षा कार्यालय अशान्त क्षेत्रा परिणत भएपछि सहायक जिल्ला शिक्षा अधिकारीलाई मागपत्र बुझाएर शिक्षकहरु फर्किएका छन् ।
विहान ११ बजे विप्लव माओवादी निकट अखिल नेपाल शिक्षक संगठन आबद्ध शिक्षकहरु आफ्ना मागहरुसहित काठमाडौं जिल्ला शिक्षा कार्यालय पुगेपछि जिशिअ शंकर गौतम आफु गायव भइ ५ दर्जनभन्दा बढि सुरक्षाकर्मी उतारेर जिल्ला शिक्षा कार्यालय नै आतंकित हुनेगरी घेर्न लगाएका थिए ।
शिक्षक संगठनले सामुदायिक विद्यालयतर्फका १० बुँदे ,संस्थागत विद्यालयका ७ बुँदे र अन्य पाँचवटा मागपत्रसहित शैक्षिक संस्थालाई व्यवस्थित शान्ति र बैज्ञानिक शिक्षाका लागि सुधारात्मक मागहरु पेश गर्न संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरीबहादुर चन्दसहितको टोलि जिल्ला शिक्षा कार्यालय पुगेको थियो ।
प्रहरीकै घेरामा सहायक जिशिअलाई ज्ञापनपत्र बुझाउँदै के इन्चार्ज चन्दले जिल्लाको शैक्षिक र पेशागत विकाससँग सम्बन्धित मागहरुको समयमै सम्बोधन नभए कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
हामीले उठाएका विषयमा यो कार्यालय गम्भीर होस्, साथै जिल्ला शिक्षा कार्यालयबाट गरिने हरेक निर्णय र नीति निर्माणमा हाम्रो संगठनलाई सहभागि गराइयोस् अन्यथा हामी कडा रुपमा प्रस्तुत हुन नपरोस्,” चन्दले भने ।
ज्ञापनपत्र बुझाउँदै संगठनका जिल्ला अध्यक्ष देवेन्द्र भट्टराईले शैक्षिक जस्तो पवित्र संस्थालाई अशान्त र बन्दुक तेस्र्याएर घेराबन्दीभित्रबाट ज्ञापनपत्र बुझ्ने जिल्ला शिक्षा कार्यालय र सरकारको भत्र्सना गरे ।
आफै शैक्षिक संस्था शान्तिक्षेत्र भन्छ आफै बन्दुकका नाल तेस्र्याएर अशान्त बनाउँछ यो के रवैया हो ? भट्टराईको प्रश्न थियो ।
सचिव आनन्द खनालको सञ्चालनमा भएको ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहायक जिशिअ आफै आतंकित थिए ।
मलिनो स्वरमा सहायक जिशिअले मागबारे कार्यालयमा छलफल गर्ने र माथिल्लो निकायसँग जोडिएका मागहरु सम्बन्धित निकायमा पठाउने बचन दिएका थिए ।
डिएसपी कमल शाहको नेतृत्वमा आएको प्रहरी फोर्सका कारण कार्यालय वरिपरिका स्थानिय वासिन्दासमेत आतंकित बनेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...



